लघुवित्तमा प्रोभिजनको व्यवस्थालाई कस्दै लान अध्ययन समितिको सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2023 | 04:47:14 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त वित्तीय संस्थाहरूका वर्तमान समस्या र समाधानका उपायहरूको विषयमा अध्ययन गर्न राष्ट्र बैंकले गठन गरेको अध्ययन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।  राष्ट्र बैंकले आर्थिक अनुसन्धान विभागको कार्यकारी निर्देशकको संयोजकत्वमा सात सदस्य रहने गरी समिति गठन गरेको थियो।

सो समितिको प्रतिवेदन आज सार्वजनिक भएको हो । समितिले कर्जा नोक्सानी व्यवस्था अर्थात् प्रोभिजनको व्यवस्थालाई चरणबद्धरुपमा थप कसिलो बनाउन सुझाव छ ।  समितिले २०८३ असारसम्ममा असल कर्जा (१ महिनासम्म) लाई २ प्रतिशत, सूक्ष्म निगरानी (१ देखि ३ महिनासम्म) लाई ५ प्रतिशत, कमसल (३ देखि ६ महिनासम्म) २५ प्रतिशत, शंकास्पद (६ देखि ९ महिनासम्म) ५० प्रतिशत, र खराब (९ महिनाभन्दा बढी) लाई १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था लागू गर्न सुझाव दिएको छ  ।

लघुकर्जाको कर्जा तथा निक्षेप सुरक्षण कोषमा सुरक्षण गरे बापत राख्नुपर्ने कर्जा नोक्सानी व्यवस्था पुनरावलोकन गर्न पनि समितिको सुझाव छ ।

निष्क्रिय कर्जा अनुपात ५ प्रतिशत भन्दा बढी नभएको अवस्थामा मात्र लघुवित्त वित्तीय संस्थाले नयाँ शाखा खोल्न पाउने व्यवस्था रहेको र सोही आधारमा वाणिज्य बैंकहरूले कर्जा दिदाँ समेत ५ प्रतिशतको निष्क्रिय कर्जा अनुपातलाई मापदण्डकोरुपमा प्रयोग गर्ने गरेकाकारण यो प्रावधानलाई परिमार्जन गरी निष्क्रिय कर्जा अनुपात १० प्रतिशतसम्म पनि कर्जा लिन सकिने बनाउनु पर्ने समितिले सुझाव दिएको छ । कुल निष्क्रिय कर्जा अनुपातको सट्टामा खुद निष्क्रिय कर्जा अनुपातलाई मात्र हेर्नु पर्ने समितिको सुझाव छ।

यहाँ क्लिक गरेर प्रतिवेदनको पूर्ण पाठ हेर्न सकिन्छ 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved