हिमालयन लघुवित्तले दियो बीमा दाबी रकम भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 06:26:12 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन लघुवित्त वित्तीय संस्थाले बीमा दाबी रकम भुक्तानी गरेको छ । संस्थाको शाखा कार्यालय सुम्नाबेशी, सिन्धुलीले दावी रकम भुक्तानी गरेको हो । 

रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं.७ बृता निवासी सदस्य जमुना श्रेष्ठको मृत्यु पश्चात निज सदस्यको श्रीमान रधुनाथ श्रेष्ठलाई क्षतिपुर्ति रकम उपल्बध गराईएको संस्थाले जनाएको छ ।

सदस्य जमुना श्रेष्ठले संस्थाबाट २ लाख ५० हजार कर्जा लिएकोमा सदस्यको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत काजक्रिया खर्च २५ हजार दिएको जनाइएको छ । त्यसैगरी, तिरेको किस्ता रकम ७५ हजार १०० समेत फिर्ता गरी जम्मा रकम १ लाख १०० रुपैयाँ भुक्तानी गरेको संस्थाले जनाएको छ । 

सदस्यको श्रीमान रधुनाथ श्रेष्ठलाई उक्त रकम एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक सरोज श्रेष्ठले जानकारी दिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved