तत्काल शेयरबजार नखुल्ने, बोर्डले दियो यस्तो निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2020 | 07:03:47 PM मा प्रकाशित

laxmi  sunrise bank

लामो समयदेखि बन्द रहेको शेयरबजार तत्काल खुल्ने सम्भावना टरेको छ । नेपाल धितोपत्र बोर्डले कारोबारपछि हुने भुक्तानी प्रणालीलाई सहज बनाएर मात्र कारोबार सुरु गर्न निर्देशन दिएसंगै तत्काल बजार खुल्ने सम्भावना टरेको हो ।

आइतबार बोर्डमा भएको छलफलपछि बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई शेयर बजार खुलाउनको लागि मोडालिटी तयार पार्न निर्देशन दिएको बोर्डका प्रबक्ता निरज गिरिले बताए । बोर्डले भुक्तानी सहज हुने गरी  मोडालिटी तयार पारी बोर्डमा पेश गर्न निर्देशन दिएको हो ।

लामो समयपछि बजार खुल्ने भएको र असहज परिस्थितिमा कारोबार गर्नु पर्ने भएकोले बोर्डले के कस्तो थप ब्यबस्था गरी बजार खुलाउने हो , सो बारे नेप्सेको धारणा माग गरिएको हो । यस संगै मोडालिटी तयार पार्नको लागि नेप्सेको बोर्ड बैठक बसिरहेको छ । नेप्सेलाई छलफल गरेर मोडालिटी तयार पार्न समय लाग्ने भएकोले सोमबारबाट बजार खुल्ने सम्भावना टरेको हो   ।  

बोर्डले आज आइतबार नेप्से र लगानीकर्ता संघका प्रतिनिधिसँग छलफल गरेको थियो । छलफलमा लगानीकर्ताका नेताहरुले केहि न केहि सहुलियत वा राहतको व्यबस्था गरेर मात्र बजार खोल्न माग गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved