सर्वोच्च अदालतले शेयर बजार संचालन नगरिएको विषयमा सरकारको नाममा कारण देखाउ आदेश जारि गरेको छ । न्यायधीश हरिकृष्ण कार्कीको एकल इजलाशले आइतबार सरकारको नाममा कारण देखाउ आदेश जारि गरेको छ ।
अधिवक्ताद्वय रपिश पोखरेल र हरिप्रसाद दाहालले लकडाउन सुरु भएपछि बन्द भएको सेयर कारोबार खुला हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । रिटमा लामो समय सेयर कारोबार बन्द हुँदा पेशा गर्ने नैसर्गिक अधिकार हनन भएको र पेशाकर्मीहरुको रोजीरोटीमा पनि समस्या भएकोले बजार खुलाउन आदेश जारी हुनुपर्ने माग गरिएको थियो । रिटमा अनेक बाहनामा लामो समय बन्द गरिनु नाजायज हुने उल्लेख छ ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड अनि नेपाल स्टक एक्सचेञ्जलाई विपक्षी बनाइएको छ । ऐनमा ५ दिनभन्दा बढी बन्द गर्न नमिल्ने तर दुई महिनादेखि कारोबार बन्द भएकोले बजार खुल्नको लागि आदेश माग गरिएको थियो ।
अदालतले दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ ।