सिडीएसको सीईओको लागि ६ जनाको नाम सर्टलिस्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 06:17:56 PM मा प्रकाशित

सिडीएस एण्ड क्लियारिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको लागि ६ जनाको नाम सर्ट लिस्ट भएको छ । शैक्षिक योग्यता र ब्यबसायीक योग्यताको अधारमा ६ जनाको नाम सर्टलिस्ट गरिएको सिफारिस समितिले जनाएको छ । छनौट समितिले आवेदन दिएका ७ जना मध्येबाट ६ जना सिफारिस गरेको हो ।

आवेदन दिएका मध्ये  पूर्ण प्रसाद आचार्य, मान वहादुर खत्रि, दिनेश कुमार बर्तौला, डिल्ली प्रसाद चौधरी, कृष्ण गिरी र भिष्मराज चालिसे सर्ट लिस्टमा परेका हुन् । आवेदन दिएका कृष्ण लामिछाने भने सर्ट लिस्टमा परेनन् । यी मध्ये गिरी हाल प्रभु क्यापिटलको उच्च तहमा कार्यरत छन् भने चालिसे सिभिल क्यापिटलका पूर्व सीइओ हुन्  ।  छनौटमा परेकाको कार्यपत्र प्रस्तुतिकरण आगामी ३० र ३१ गते हुने छ ।

छनौट समितिले यी मध्येबाट ३ जना सर्ट लिस्ट गरेर सीइओ नियुक्ति लागि नेप्से संचालक समितिमा सिफारिस गर्ने छ भने नेप्से संचालक समितिले सीइओ नियुक्त गर्ने छ । 

 नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सीइओ खुल्ला प्रतिस्पर्धाबाट छनौटका लागि पाँच सदस्यीय छनौट समिति गठन गरेको थियो । नेप्सेका उपप्रबन्धक निरन्जन फुयाँलको संयोजकत्वमा रहेको समितिमा नेपाल सरकार अर्थ मन्त्रालयको तर्फबाट उपसचिव मुकुन्द पोख्रेल, नेपाल धितोपत्र बोर्डबाट निर्देशक नारायण प्रसाद शर्मा, नेप्सेका गिरिराज दाहाल सदस्य छन् भने विज्ञ सदस्यका रूपमा मोहन ओझा छन्। 
पुर्व सीइओ  देव प्रकाश गुप्ताको कार्यकाल गत गत असोज ९ गते सकिएपछिपछि उक्त पद रिक्त छ ।  त्यसयता कम्पनीले मङ्सिर १६ देखि लागु हुने गरी  सिडीएसकी उच्च तहकी कन्चन सापकोटालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ। सिडीएस संचालक समितिले उनलाई अर्को व्यवस्था नभएसम्मको लागि नियमित काम कारवाही गर्ने जिम्मेवारी दिएको थियो । हाल उनैले नेतृत्व सम्हाल्दै आएकी छिन् । सापकोटा सिडीएसकी सबैभन्दा उच्च तह अर्थात्  ८ औ तहमा सहायक प्रबन्धक हुन्। उनी नेटवर्क सेक्सनककी प्रमुख समेत हुन्। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved