अब साधारणसभाले मर्जर प्रस्ताव पारित गरे लगत्तै शेयर कारोबार खुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2020 | 11:28:29 AM मा प्रकाशित

अब कम्पनी मर्जर वा प्राप्तिमा जाँदा साधारणसभाले मर्जर प्रस्ताव पारित गरे लगत्तै शेयर कारोबार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले 'सूचीकृत संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका' मार्फत यस्तो ब्यबस्था गरेको हो 

हाल बोर्डले सुझावको लागि उक्त निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ । मस्यौदामा उल्लेख भएकै ब्यबस्था पारित भए साधारणसभाले स्वाप रेसियो सहित मर्जर प्रस्ताव पारित गरेलगत्तै शेयर कारोबार खुला हुने छ । 

मस्यौदामा  संगठित संस्थाले साधारण सभाबाट गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी निर्णय भएको अर्को कार्य दिनमा धितोपत्र बजारसमक्ष शेयर कारोवार खुला गर्न निवेदन दिनुपर्ने उल्लेख छ । मस्यौदामा एकिकृत व्यवसायिक कारोवार शुरु नभएसम्म गाभ्ने गाभिने वा लक्षित संस्थाको शेयरको छुट्टाछुट्टै कारोवार गर्ने प्रस्ताव गरिएको छ ।

यसरी संगठित संस्थाको शेयर कारोवार खुला गर्दा गाभ्ने संगठित संस्थाको शेयर कारोवार रोक्का हुदाँ कायम भएको पछिल्लो कारोवार मूल्यको आधारमा कारोवार हुने व्यवस्था गर्नुपर्ने मस्यौदामा उल्लेख छ । साधारण सभाले पारित गरेको शेयर आदान प्रदान अनुपातको आधारमा धितोपत्र बजारले समायोजन गरी कायम भएको मूल्यको आधारमा कारोवार गर्ने बोर्डले प्रस्ताव गरेको हो। 

त्यस्तै एकिकृत  व्यवसायिक कारोवार गर्ने दिन गाभिने संस्था र लक्षित संस्थाको शेयर कारोवार रोक्का राख्नुपर्ने प्रस्ताव गरिएको छ । गाभ्ने गाभिने वा प्राप्ति भई कायम भएको संगठित संस्थाले एकीकृत व्यवसायिक कारोवार शुरु भएपछि  एकीकृत शेयर कारोवार खुला गर्न निवेदन दिनुपर्ने उल्लेख छ। एकीकृत व्यवसायिक कारोवार भएको सात कार्य दिनभित्र एकीकृत शेयर कारोवार खुला गर्नुपर्ने प्रावधान बोर्डले प्रस्ताव गरेको हो । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved