
नेपाल धितोपत्र बोर्डले आफु मातहतका निकायका कर्मचारीलाई कार्यालय जानको लागि सहजीकरण गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। निषेधाज्ञा लागु भएपछि कर्मचारीलाई अवरोध भएपछि सेवा प्रवाहमा नै समस्या हुने देखिएपछि बोर्डले बिहिबार बिहान गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।
बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले गृह मन्त्रालय. उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारी र महानगरीय ट्राफिक प्रहरी महाशाखामा बिहिबार बिहान पत्राचार गरेको बताएका हुन् । बोर्डको पत्रपछि प्रहरीले रोकेका कर्मचारीहरुलाई कार्यालयजानको लागि छोडेको छ ।
अध्यक्ष ढुंगानाका अनुसार नेप्से, सिडीएससी, ब्रोकर, र मर्चेन्ट बैंकर कार्यलयका प्रति कार्यालय २ कर्मचारीको लागि कार्यालय जानको लागि सहजीकरण गर्नको लागि पत्राचार गरेको बिजपाटीलाई जानकारी दिए ।