नेप्से घट्ने क्रम जारी, पाँच दिनमा ५६ अंक घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2023 | 03:11:44 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सुचक १०.८६ अंकले घटेर १ हजार ८ सय ४७.७० को बिन्दुमा बजार बन्द भएको हो । सातामा पाँचै दिन कारोबार भएको बजारमा चार दिन घटेको र सोमबार मात्रै ३ अंकले बजार बढेको थियो । 

साताभर नेप्से सुचक ५५.९८ अंकले घटेको छ । बुधबार ५.८३ अंक, मंगलबार १४.२९ अंक र साताको पहिलो दिन आइतबार नेप्से २८ अंकले घटेको थियो ।

बिहीबार नेप्से सुचक घटेपनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ । बुधबार ८१ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको बजारमा आज ९६ करोड ४४ लाख ७७ हजार ७११ रुपैयाँ ४१ पैसाको ३७ लाख ४९ हजार ९५४ कित्ता सेयर किनबेच भएका छन् ।

यसदिन १९० कम्पनीको सेयर मुल्य घटेको छ भने ४० कम्पनीको बढेको र ६ कम्पनीको सेयर मुल्य स्थिर छ । 

आज आशा लघुवित्तको संस्थापक सेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको १० करोड १० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

त्यस्तै सर्वाधिक सेयर मुल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स रहेको छ । कम्पनीको सेयर मुल्य ६.०६ प्रतिशतले बढेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved