उच्च अंकले घटेको बजारमा वाणिज्य बैंकको सर्वाधिक कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2023 | 03:09:21 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्से उच्च अंकले घटेको छ । गतसाता ५६ अंकले घटेको नेप्से आज २१.४६ अंकले घटेर १ हजार ८ सय २६ को  बिन्दुमा झरेको छ । 

नेप्से सुचक घटेपनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही बढेको छ । गतसाताको अन्तिम कारोबार दिन बिहीबार ९६ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको बजारमा आज ९७ करोड २३ लाख ६७ हजार २ सय ७८ रुपैयाँ ९२ पैसाको सेयर खरिदबिक्री भएको छ । 

यसदिन वाणिज्य बैंक समूहको सेयर सर्वाधिक किनबेच भएको छ । सर्वाधिक कारोबार हुने दश कम्पनीमध्ये सात कम्पनी वाणिज्य बैंक नै रहेका छन् । जसमध्ये नबिल बैंकको संस्थापक सेयर सबैभन्दा धेरै ४ करोड ६० लाख, ग्लोबल आइएमई बैंकको ३ करोड १७ लाख, एनआईसी एशियाको ३ करोड ३ लाख, हिमालयन डिस्टीलरीको २ करोड ९८ लाख र नबिल बैंकको २ करोड ८७ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

त्यस्तै सातौं बढी कारोबार हुनेमा सिद्धार्थ बैंक रहेको छ । बैंकको १ करोड ८३ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । बढी कारोबार हुने लिस्टको नवौं कम्पनीका रुपमा रहेको प्रभु बैंकको १ करोड ७० लाख रुपैयाँ र दशौं नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच कारोबार भएको छ ।

त्यस्तै कृषि विकास बैंकको १ करोड ६१ लाख ६३ हजार, प्राइम कमर्सियल बैंकको १ करोड ६१ लाख ४० हजार, नेपाल बैंकको १ करोड २३ लाख, कुमारी बैंकको १ करोड ३० लाख, माछापुच्छेको ९२ लाख, स्ट्याण्डर्ड चार्टर्डको ८५ लाख, एनएमबी बैंकको ८४ लाख, हिमालयनको ८३ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाको संस्थापक सेयर ७६ लाख, एभेष्ट बैंकको ६९ लाख, नेपाल एसबीआई बैंकको ६७ लाख र सानिमा बैंकको ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved