२० अंकले बढ्यो नेप्से सुचक, पाँच जलविद्युत कम्पनीको सेयर मुल्यमा उच्च वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2023 | 03:22:11 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार २३ अंकले घटेको नेप्से सुचक आज २०.६७ अंकले बढेर १ हजार ८ सय ५०.३३ को बिन्दुमा बजार बन्द भएको हो । नेप्सेका अनुसार आज १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ४० कम्पनीकोे घटेको छ र ३ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । 

यसदिन उच्च वृद्धि हुने पाँच कम्पनीमा जलविद्युत समूहका कम्पनी रहेका छन् । जसमध्ये बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मुल्य ८८ रुपैयाँले बढेर प्रतिकित्ता मूल्य ३१६ रुपैयाँ  ९० पैसा पुगेको छ । त्यस्तै पञ्चकन्या माइहाइड्रो सेयर मुल्य ९.९५ प्रतिशत, माथिल्लो मोलुङ्ग खोला जलविद्युतको शेयरमूल्यमा ९।९२ प्रतिशतले बढेको छ । त्यस्तै थ्री स्टार हाइड्रोको सेयर मुल्य ९.७२ प्रतिशत र पिलल्स हाइड्रोपावरको सेयर मुल्य ९.४१ प्रतिशतले बढेको छ ।

यता, सयपत्री हाइड्रो सेयर मुल्य भने ८.१५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४४० रुपैयाँ ९० पैसा कायम भएको छ । 

आज २९४ कम्पनीको एक अर्ब ८ करोड ७० लाख ९८ हजार ४ सय ९५ रुपैयाँ ५९ पैसाको सेयर किनबेच भएको छ ।  जसमध्ये सोनापुर मिनरल्सको सर्वाधिक १० करोड ७६ लाख रुपैयाँ बढीको सेयर खरिदबिक्री भएको छ । मंगलबार कम्पनीको ४ करोड बढी रुपैयाँको सेयर किनबेच भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved