१९ सय बिन्दुमाथि शेयरबजार, एकै दिन ४७ अंकले बढ्नुको कारण के हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2023 | 03:16:56 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार शेयर बजार परिसुचक नेप्से ४७ अंकले बढेको छ । यसअघिका  दुई दिन ३० अंकले घटेको बजार आज ४७.७५ अंकले बढेर  नेपाल स्टक एक्सचेन्ज (नेप्से) १ हजार ९ सय ७. ९५ को बिन्दुमा पुगेको छ । 

सुचक बढेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । आज २९४ कम्पनीको सेयर खरिदबिक्री हुँदा २ अर्ब बढीको कारोबार भएको छ ।

उच्च अंकले नेप्से सुचक बढ्नुमा मौद्रिक नीतिको पहिलो त्रैमासिक  समिक्षामा सेयर कारोबारमा लगाएको सीमा परिमार्जन गरिन लागेको चर्चा प्रमुख कारण रहेको छ । सेयर कारोबारका सम्बन्धमा व्यक्तिगतमा १५ करोड र संस्थागतमा २० करोडको सीमा लगाइएकोमा अब उक्त सीमा परिमार्जन गरिन लागेको बजार चर्चासँगै बजार उच्च अंकले बढेको बताईन्छ । त्यस्तै बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ्ग सेयर कारोबार  गर्ने दिने व्यवस्था समीक्षामा आउने चर्चाले बजार बढ्नमा टेवा पुगेको बताईन्छ ।

नेप्सेका अनुसार आज २१४ कम्पनीको शेयर मूल्य बढेको छ भने २३  कम्पनीकोे घटेको छ र ३ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । 

यसदिन दुई जलविद्युत समूहका कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज छ्याङ्गदी र भगवती हाइड्रोपावरको १०  प्रतिशतले बढेर प्रतिकित्ता मूल्य क्रमश २२० र ४३७ रुपैयाँ पुगेको छ । त्यसैगरी,  इन्फिनीटि लघुवित्तकाने शेयर  मुल्य २.४७ प्रतिशतले घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved