सन लाइफ क्यापिटलद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2024 | 07:39:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी सनलाइफ क्यापिटलको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न सम्पन्न भएको छ । विश्व वित्तीय सप्ताह २०२४ (Global Money Week 2024) को अवसरमा चैत ७ र ८ गते कार्यक्रम सञ्चालन भएको थियो ।

बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले चैत ७ र ८ गते क्रमश चण्डी आदर्श सरल माध्यमिक विद्यालय, चाकुपाट, ललितपुर र मल्पि इन्टरनेस्नल कलेज, चक्रपथ, काठमाण्डौमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

२०८० चैत्र ७ गते चण्डी आदर्श सरल माध्यमिक विद्यालय, चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, इन्टरनेट लगायत अन्य सामाजिक संजालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे विस्तृत जानकारी गराइएको कम्पनीले जनाएको छ । साथै सहभागि विद्यार्थीहरुको वित्तीय बजार र धितोपत्र बजार सम्बन्धि सम्पूर्ण जिज्ञाशाहरु स्पष्ट गरियो ।

२०८० चैत्र ८ गते श्री मल्पि इन्टरनेस्नल कलेज, चक्रपथ, काठमाण्डौ मा BBA 8th सेमेष्टरका विद्यार्थीहरुलाई बिमा क्षेत्र सम्बन्धि साक्षरता अभिवृद्धि गर्ने साक्षरता कार्यक्रम र वित्तीय बजार, धितोपत्र बजारमा केन्दीत हाजिरी जवाफ प्रतियोगिता “ Quick QuizMania-Global Moneyweek2024” आयोजना गरियो जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

सनलाइफ क्यापिटल लि. धितोपत्रबोर्डबाट स्विकृतप्राप्त मर्चेन्ट बैंकर हो जसले मर्चेन्ट बैंकिङ्ग व्यवशाय अर्न्तगत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved