शेयरबजारमा दोहोरो अंकको वृद्धि, गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2024 | 03:15:47 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १२.२९ अंकले बढेर १९८४.४३ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३१० कम्पनीका ६३ लाख ९३ हजार २ सय ४५ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६ रुपैयाँ ८९ पैसाको कारोबार भएको छ । जस मध्ये गोर्खाज फाइनान्सको सर्वाधिक १० करोड २१ लाखको कारोबार भएको छ । त्यस्तै सर्बोत्तम सिमेन्टको ७ करोड ८८ लाख, पिपुल्स पावरको ७ करोड १९ लाख तथा रूरू हाइड्रोको ६ करोड ८८ लाखको कारोबार भएको छ ।

आज दोल्ती पावर कम्पनीको शेयर मूल्य सर्वाधिक ९.८८ प्रतिशत बढेको छ भने एनआईसी एशिया लघुवित्तको शेयर मूल्य ८.४७ प्रतिशत बढेको छ । त्यस्तै रुरु हाइड्रोको शेयर मूल्य ८.१८ प्रतिशत, अपार हेवा खोला हाइड्रोको शेयर मूल्य ७.२५ प्रतिशत तथा सर्वोत्तम सिमेन्टको शेयर मूल्य ६.५४ प्रतिशत बढेको छ ।

आज पिपुल्स पावरको शेयर मूल्य सर्वाधिक ७.४६ प्रतिशतले घटेको छ भने खानीखोला हाइड्रोको शेयर मूल्य ५.४७ प्रतिसहत घटेको छ । त्यस्तै सुर्यज्योति लाइफको शेयर मूल्य ४.९७ प्रतिशत तथा गुराँस लघुवित्तको शेयर मूल्य ४.६८ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये बैंकिंग र म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये उत्पादन तथा प्रशोधन समुह १.९० प्रतिशत बढेको छ । आज बैंकिंग समुह भने ०.३४ प्रतिशत घटेको छ । 

आज कारोबारमा आएका मध्ये १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको मूल्य घटेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved