शेयर बजारमा दोहोरो अंकको गिरावट, फाइनान्स समुह सर्वाधिक घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2024 | 03:18:43 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छआज नेप्से सूचक १५.४१ अंकले घटेर १९६९.०२ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३२० कम्पनीका ५६ लाख ५६ हजार २ सय ८२ कित्ता शेयर खरिद बिक्रीबाट २ अर्ब ५ करोड ८३ लाख ५ हजार १ सय ८५ रुपैयाँ १९ पैसाको कारोबार भएको छ । जस मध्ये गोर्खाज फाइनान्सको सर्वाधिक ११ करोड ५४ लाखको कारोबार भएको छ । त्यस्तै जोशी हाइड्रोको १० करोड १० लाख , सर्वोत्तम सिमेन्टको ५ करोड ८४ लाख तथा सोनापुर सिमेन्टको ४ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आयका मध्ये पिपुल्स पावरको शेयर मूल्य सर्वाधिक ६.९१ प्रतिशत बढेको छ । त्यस्तै प्रभु स्मार्ट फण्ड र कुमारी धनवृद्धि योजनाको इकाई मूल्य क्रमश ५.८० प्रतिसहत र ५.३३ प्रतिशतले बढेको छ ।

आज दोल्ती पावर कम्पनीको शेयर मूल्य सर्वाधिक ७.३७ प्रतिशत, एनआईसी एशिया लघुवित्तको शेयर मूल्य ७.२४ प्रतिशत तथा हिमालयन लघुवित्तको शेयर मूल्य ४.७४ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक घटेका छन् । म्युचुअल फण्ड समुहको सूचक पनि झिनो अंक अर्थात् ०.०२ प्रतिशतले मात्र बढेको छ । आज फाइनान्स समुह सर्वाधिक २.१० प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये ४९ कम्पनीको मूल्य बढेको छ भने १८६ कम्पनीको मूल्य घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved