नेप्स र फोकसवानबिच कार्डमा आधारित भुक्तानी सेवा संचालन सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2022 | 11:07:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) र फोकसवान प्रा.लि बिच कार्डमा आधारित भुक्तानी सेवा संचालन सम्बन्धि सम्झौता भएको छ । भुक्तानी प्रणाली संचालकको रुपमा कार्य गर्दै आएको नेप्सले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुलाई डिजिटल माध्यम तथा नविनतम प्रविधिको प्रयोग गरि विभिन्न सेवा सुबिधा उपलब्ध गराउने क्रममा भुक्तानी सेवा प्रदायक फोकसवान प्रा.लि संग सम्झौता गरेको जनाएको छ ।

नेप्सेले फोकसवानसँग कार्डमा आधारित स्क्यानटू पे र क्यू आर (Scan To Pay/QR) माध्यमबाट भुक्तानी गर्ने सम्बन्धि सम्झौता गरेको हो । उक्त सेवा संचालनमा आए संगै नेप्सका सदस्य बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले फोकसवानद्वारा संचालित मोको (MOCO) डिजिटल वालेटमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाका डेबिट वा क्रेडिट कार्ड लिंक गरि सोहि कार्डबाट खर्च हुने गरि विभिन्न सेवाहरुको भुक्तानी लागि प्रयोग गर्न सक्नेछन् ।

यसका माध्यमबाट ग्राहकहरुले मोबाईल टपअप, इन्टरनेट, बिद्युत, खानेपानी, हवाईजहाजको टिकट लगायतका सेवा खरिद र भुक्तानी सरल र सहजै गर्न सक्ने कम्पनीले जनाएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाद्वारा प्रवर्धित नेप्स र फोकसवान प्रा.लि बिचको सहकार्यमा प्रारम्भ गरिएको यस सेवाबाट नगदरहित भुक्तानी र डिजिटल बैंकिंगको दायरा अझ बिस्तारित हुने अपेक्षा कम्पनीले लिएको छ।

कार्डसंग सम्बन्धित नविनतम् सेवा उपलब्ध गराउने शिलशिलामा अन्य सेवाका अतिरिक्त नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) बाट Contactless Card, Cardless Withdrawal, Cash Recycler Machiner Green Pin सेवा समेत प्रारम्भ भईसकेको छ । आगामी दिनहरुमा कार्ड मार्फत हुने कारोवारलाई अझ सरल, परिष्कृत र नविनता प्रदान गर्ने मार्गमा हामी निरन्तर प्रयत्नशिल रहने कम्पनीले जनाएको छ। नेप्सले राष्ट्रव्यापी रुपमा झन्डै तेत्तिस लाख कार्ड, दुई हजार एटिएम र बिसहजार POS मेसिन मार्फत सेवा प्रदान गर्दै आईरहेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved