इसेवाले ल्यायो आइफोन १४ जित्न सकिने अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2023 | 08:30:10 PM मा प्रकाशित

laxmi  sunrise bank

भुक्तानी सेवा प्रदायक इसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर सार्बजनिक गरेको छ ।  नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित् गर्दै इसेवाले पहिलो पटक कारोबार गर्दा भाग्यशाली एक जना विजेताले आइफोन १४ र १० प्रतिशत क्यास ब्याक जित्न सकिने  अफर सार्बजनिक गरेको हो ।

इसेवाका अनुसार यस योजनामा सहभागी हुन सेन्ड मनि बाहेक पहिलो पटक कुनै पनि किसिमको शुल्क भुक्तानी वा कारोबार गरेको हुनुपर्नेछ । साथै यस योजनामा प्रोमोकोड FIRST10 प्रयोग गरेर आफ्नो पहिलो कारोबारमा १०% (रु. २० सम्म) को क्यासब्याक  समेत पाउन सकिनेछ ।

इसेवाले सार्बजनिक गरेको यो अफर असार २० गतेसम्म लागु हुनेछ । यस योजनामा सहभागी हुने कुनै पनि अप्रमाणित प्रयोगकर्ताहरूले आईफोनको लागि योग्य हुन असार २० गतेभित्र आफ्नो पहिलो कारोबार पूरा गर्नुपर्ने इसेवाले जनाएको छ । प्रोमोकोड मार्फत प्राप्त हुने क्यासब्याक रकम २४ घण्टा भित्र सम्बन्धित व्यक्तिको इसेवा एकाउन्टमा जम्मा हुनेछ । भाग्यशाली आइफोन विजेताको घोषणा असार ३० गते इसेवाको फेसबुक पेजबाट मार्फत गरिने इसेवाले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved