७७ करोड ऋण लिंदै एफवान सफ्ट, गत वर्ष बाडेको थियो २०० प्रतिशत लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2023 | 11:55:13 AM मा प्रकाशित

laxmi  sunrise bank

एफवान सफ्ट इन्टरनेसनलले ७७ करोड ऋण लिने भएको छ । कम्पनीले ४५ करोड टर्म लोन, १२ करोड वर्किंङ क्यापिटल लोन र २० करोडको बैंक ग्यारेन्टी गरि कुल ७७ करोड ऋण लिन लागेको हो । कम्पनीले आफुले लिने ऋणको इक्रा नेपालबाट रेटिङ गराएको छ । 

सन् २०२२ मा एफवान सफ्ट इन्टरनेसनलको संचालन आम्दानी १५ अर्ब ६४ करोड थियो। सन् २०२३ को पहिलो हाफमा कम्पनीको संचालन आम्दानी ६ अर्ब ११ करोड रहेको छ । कम्पनीले सन् २०२२ को मुनाफाबाट २०० प्रतिशत लाभांश बितरण गरेको थियो।  कम्पनीले खुद नाफाको १३५ प्रतिशत रकम मुनाफाको रुपमा बाडेको हो ।  

रेटिंङको क्रममा ईक्रा नेपालले कम्पनीको आम्दानीको स्रोत एउटामात्र भएकोले जोखिम रहेको निष्कर्ष निकालेको छ ।  हाल कम्पनीको ९८ प्रतिशत आम्दानी थोरै मार्जिन हुने प्रडक्ट र सर्भिस बिक्रीबाट हुने गरेको छ ।  यसमा रिचार्च र बल्क एसएमएस सर्भिस पनि समावेश छ ।  यदि टेलिकम सेवा प्रदायकहरुले मार्जिन घटाएमा कम्पनीको आम्दानीमा ठुलो प्रभाव पर्ने उल्लेख गरिएको छ । 

एफवान सफ्ट सन् २००४ मा स्थापना भएको कम्पनी हो।  नेपालका बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने  मोबाइल बैंकिंग सेवा तथा इन्टरनेट बैंकिंग सेवाको सिस्टम यस कम्पनीले तयार पारेको हो ।  कम्पनीको धेरै वटा सहायक कम्पनी पनि रहेका छन् ।  हाल कम्पनीको अध्यक्ष विश्वास ढकाल हुन् ।  कम्पनीमा उनको ३५ प्रतिसहत लगानी रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved