एक जना लडाकूले नेपाली सुरक्षा गार्डमाथि हातपात गरेको र जवाफमा नेपाली सुरक्षा गार्डहरुले गरेको प्रतिकारको भिडियो यति बेला सामाजिक संजालमा भाईरल भएको छ । मलेशियाको सुवाङजयाको एक अपार्टमेन्टको सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डमाथि आक्रमण गर्ने मार्सल आर्टका पारङगत लडाकूसँग भएको भिडन्तको भिडियो भाइरल बनेको हो ।
‘डिस्कभर सुवाङजया’ फेसबुक पेजबाट सार्वजनिक गरिएको यो घटनामा एक हट्टाकट्टा युवक अपार्टमेन्टमा प्रवेश गर्न खोज्छन् । ड्युटीमा खटिएका नेपाली सुरक्षा गार्डले सोधपुछ गर्दा उनले नेपाली सुरक्षागार्डमाथि मुक्का प्रहार गर्छन् । त्यसपछि ति नेपाली गार्डले उनलाई एकै पटकमा लडाईदिन्छन् । साथै अन्य नेपाली गार्ड आएर ति युवकलाई नियन्त्रणमा लिएर डोरीले बाधेर अन्यन्त्र लान्छन ।
हेर्नुस भिडियो ।