महासंघ निर्वाचनमा रामेछापबाट विधान विपरित प्रतिनिधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2020 | 09:27:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचनमा फरक जिल्लाको व्यक्तिलाई रामेछापबाट प्रतिनिधित्व गराईएको भेटिएको छ । मकवानपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्षलाई रामेछापबाट प्रतिनिधित्व गराई बागमति प्रदेशकाबाट कार्यकारिणी सदस्यमा उम्मेदवार स्वीकृत गराईएको खुलेको हो ।

महासंघ निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत एवम् एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले विधान विपरित रामेछाप उद्योग वाणिज्य संघका तर्फबाट बागमती प्रदेशको केन्द्रिय सदस्यमा राजकुमार न्यौपानेको उम्मेद्वारीलाई स्वीकृत गराएको आरोप लागेको छ । यस सम्बन्धमा दाबी विरोध परेको भएपनि प्रमुख निर्वाचन अधिकृत न्यौपानेले दाबी विरोधको कुनै वास्ता नै नगरी एकलौटी निर्णय गर्दै उम्मेदवारहरुको नामावली सार्वजनिक गरेका हुन् । न्यौपानेको निर्णयमा निर्वाचन समितिका सदस्य रमण कुमार कर्णले फरक मत (नोट अफ डिसेन्ट) लेखेका छन् । 

मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष न्यौपानेलाई सम्बन्धित जिल्लाबाट पुरा गरेर आउनु पर्ने मापदण्ड विपरित रामेछाप उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गराइएपछि निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान र उनको समूहले आशंका गरेको छ । महासंघको विधानको दफा ४६ को उपदफा ३ को (क) (ऊ) मा ‘कार्यकारिणी समितिमा सदस्य हुनका लागि सदस्य संघबाट आफूले प्रतिनिधित्व गर्ने संघको पदाधिकारी भई एक कार्यकाल पुरा गरेको हुनु पर्ने’ उल्लेख छ ।

‘मकवानपुरका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले रामेछापमा कहिले कुन कार्यकाल पुरा गरे र निर्वाचन समितिले विधानमा भएको व्यवस्था विपरित उनको उम्मेदवारीलाई स्वीकृत गर्यो ?’ प्रधान समूहले प्रश्न गरेको छ ।

के भन्छ रामेछाप उद्योग वाणिज्य संघ ?

रामेछाप उद्योग वाणिज्य संघले भने सिफारिस दिन मिल्ने भएरै दिईएको दाबी गरेको छ । सदस्य भएपछि प्रदेशको तर्फबाट कार्यकारीणी सदस्यमा निर्वाचन लड्न प्रदेश भित्रका जुनसुकै जिल्लाबाट पनि प्रतिनिधित्व गर्न पाउने भन्ने व्यवस्था भएकाले राजकुमार न्यौपानेलाई रामेछापको प्रतिनिधित्व गराईएको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे बताउँछन् ।

‘सिफारिस दिन मिल्ने भएरै दिईएको हो, नमिल्ने भए दिईने थिएन’ अध्यक्ष घिमिरेले भने, ‘उहाँ २/४ महिना अगाडी नै रामेछापबाट सदस्यता लिनु भएको व्यक्ति हो, त्यही भएर हामीले मिटिङ बसेर सर्वसम्मत रुपमा नै उहाँलाई प्रतिनिधि पठाउने निर्णय गरेका हौँ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved