गत निर्वाचनका ‘म्यान अफ द इलेक्सन’ नरेशलाल श्रेष्ठद्वारा वस्तुगत सदस्यमा उम्मेदवारी घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2023 | 08:57:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालबाट बस्तु निर्यात गर्दै आएका व्यवसायी नरेशलाल श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्षसमेत रहेका श्रेष्ठ गत निर्वाचनमा पनि बस्तुगत सदस्यतर्फ सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका थिए । उनले सोही पदमा यसपटक पनि उम्मेदवारी घोषणा गरेका हुन् ।  

गत वर्षको निर्वाचनबाट निर्वाचित भएपछि व्यवसायीका समस्या समाधान र व्यवसायिक हकहितका लागि काम गरेको भन्दै उनले अहिले अझै काम गर्नुपर्ने समय भएकाले पुनः सदस्य पदमै उम्मेदवारी घोषणा गरेको श्रेष्ठले बताएका छन् । उनले वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ तथा वस्तुगत उपाध्यक्षमा हेमराज ढकालको समूहबाट सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

नेपालबाट बस्तु निकासीमा ३० वर्ष बढी अनुभव भएका श्रेष्ठ हाल महासंघको निर्यात समितिको सह–सभापति हुन् । उनी नेपाल निर्यात परिषद्को उपाध्यक्ष पनि हुन् । 

श्रेष्ठ नेपालबाट सबैभन्दा बढी ऊनी फेल्ट निर्यात गर्ने मध्येमा पर्छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved