महासंघ निर्वाचनः पहिलो चरणकै मतदानबाट वरिष्ठ उपाध्यक्षको नतिजा आउने सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2023 | 03:32:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान जारी रहेपनि पहिलो चरणमा वरिष्ठ उपाध्यक्षको नतिजा आउने सम्भावना न्यून देखिएको छ । बुधबार बिहान १० बजेदेखि निर्वाचन भएपनि वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा रहेकाले पहिलो चरणकै मतदानबाट यो पदको अन्तिम नतिजा आउने सम्भावना न्यून देखिएको हो । 

वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशत प्लस एक मत चाहिन्छ । जसका कारण दोस्रो चरणमा मतदान धकेलिने अनुमान गर्न थालिएको छ । 

३ जनाबीच प्रतिस्पर्धा हुँदा एकै चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउने नदेखिएको निर्वाचनमा सहभागीहरु नै बताउन थालेका छन् । तर, वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघई तीनै जनाले पहिलो चरणमै आफू निर्वाचित हुने दाबी गरिरहेका छन् ।

निर्वाचन समितिले पहिलो चरणमा नतिजा आउन नसके दोस्रो चरणमा मतदान हुने जनाइसकेको छ । निर्वाचन समितिले पहिलो चरणको मतदानमार्फत नतिजा आउन नसके चैत ३० गते दिनको ११ बजेदेखि ५ बजे सम्मका लागि मतदानको समय नै तोकिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved