उद्योग वाणिज्य महासंघको मतगणना आज रातीबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2023 | 05:13:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन जारी छ । अहिलेसम्म बस्तुगत तर्फको मतदान सकिएको छ । जिल्ला नगर र एसोसियटका सदस्यहरुले मतदान गरिरहेका छन् । साँझ ६ बजे सम्मका लागि मतदान समय थप गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत लीलामणी पौडेलका अनुसार मतदान सकिएपछि आजै रातीबाट मत गणना सुरु हुनेछ । मतदान सकिएपछि वरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदवारसँग छलफल गरेर मतगणना सुरु गरिनेछ । मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार आजै राती ८ बजेबाट मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ । 

बस्तुगत तर्फको मतदान पहिला सकिएकाले सुरुमा वस्तुगततर्फका सदस्यबाट मत गणना सुरु हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved