महासंघको बस्तुगत सदस्यमा उमेशलाल समुहको वर्चस्व, संघाई समुहबाट 'नो इन्ट्री'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 02:31:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा बस्तुगत सदस्यमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको वर्चस्व कायम भएको छ। आज भएको निर्वाचनमा बस्तुगत सदस्यमा निर्वाचित चौध सदस्यमा उमेशलाल श्रेष्ठ समुहबाट आठ जना निर्वाचित भएका छन्। 

बस्तुगत सदस्यमा निर्वाचित हुने मध्ये अरनिको राजभण्डारी, कमला श्रेष्ठ, डा. सुबोध कुमार गुप्ता, नरेश लाल श्रेष्ठ, नानिराज घिमिरे, पशुपति देब पाण्डे, भक्त बहादुर हमाल, मनोज अधिकारी, रबिन पुरी, राज कुमार कार्की, लिलेन्द्र प्रसाद प्रधान, शिब प्रसाद घिमिरे, शोभा ज्ञवाली, हरि बहादुर कार्की रहेका छन्। 

बस्तुगत सदस्य तर्फको कुल चौध जनाको लागि अठ्ठाइस उम्मेद्वार प्रतिस्पर्धामा थिए। जसमध्ये वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठबाट आठ जना र अर्का वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठबाट ६ जना निर्वाचित भएका हुन्। बस्तुगत सदस्य तर्फ वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार रामचन्द्र संघई समुहले 'इन्ट्री' जनाउन सकेन।  

बस्तुगत उपाध्यक्षमा पनि उमेशलाल श्रेष्ठ समुहबाट हेमराज ढकाल निर्वाचित भएका छन्। ढकालले प्रतिस्पर्धी निषलाल प्रधान र सुकुन्तलाल हिराचनलाई हराउँदै विजयी भएका हुन्। वरिष्ठ उपाध्यक्षमा उम्मेदवार उमेशलाल श्रेष्ठको टिमबाट महासंघको बस्तुगत तर्फको उपाध्यक्षमा चुनाव लडेका ढकालले प्रधान र हिराचनको भन्दा ९ मत बढी प्राप्त गरि बिजयी भएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved