महासंघले पायो नयाँ ३ उपाध्यक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 09:08:08 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले नयाँ ३ उपाध्यक्ष पाएको छ । बिहिबार बिहान सम्पन्न मतगणना अनुसार महासंघले नयाँ ३ उपाध्यक्ष पाएको हो ।

जसमध्ये जिल्ला नगरतर्फ सुरकृष्ण वैद्य, बस्तुगततर्फ हेमराज ढकाल र एसोसियटतर्फ ज्योत्सना श्रेष्ठ निर्वाचित भएका छन् । यी ३ उपाध्यक्षमध्ये ढकाल वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठ समूहका हुन् भने बाँकी २ जना वैद्य र श्रेष्ठ रामचन्द्र सांघाई समूहका हुन् ।

वैद्यले जिल्ला नगरतर्फ बलिया भनिएका दिनेश श्रेष्ठ र अरुणराज सुमार्गीलाई पराजित गर्दै विजयी हुँदा श्रेष्ठले पनि बलिया प्रतिस्पर्धी भरत आचार्यलाई हराइन् ।

ढकालले मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनलाई हराएर बस्तुगत उपाध्यक्षमा बाजी मारे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved