महासंघको केन्द्रीय सदस्यमा गोपाल खनालको ‘ह्याट्रिक’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 12:35:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संचालक गोपाल खनाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । खनाल एसोसियट तर्फबाट केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएका हुन् ।

कुल १६ सय ३० मत खसेको एसोसियटमा खनालले १२ सय ६५ मत पाएर निर्वाचित भएका हुन् । 

उनी हाल पनि महासंघको एसोसियटतर्फको केन्द्रीय कार्यकारिणी सदस्य हुन् । यो सँगै खनाल ३ कार्यकाल लगातार निर्वाचित भएका छन् ।

खनालको शिक्षा तथा हाइड्रोपावरमा समेत लगानी छ । उनी हाल मेगा कलेजका अध्यक्ष पनि हुन् । 

यस अघिको कार्यकालमा खनालले महासंघको उर्जा समितिमा सदस्यका रुपमा काम गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved