पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 12:39:33 PM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारण सभाबाट कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन् । महासंघलाई अझ सशक्त र प्रभावकारी बनाउने उदेश्यले युवा उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व गर्दै एसोसिएटतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका श्रेष्ठ ११ सय ९१ मत ल्याएर निर्वाचित भएका हुन् । 

यसअघि उनले महासंघको उद्योग प्रवद्र्धन समिति, अन्तर्राष्ट्रिय लगानी तथा प्रवद्र्धन समितिमा रहेर काम गरेका थिए। विभिन्न सामाजिक संस्थाहरु चाइल्डरिच नेपालका पूर्व बोर्ड अध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यापारिक संस्था वाइपिओको निर्वतमान अध्यक्ष तथा बोर्ड सदस्य लगायत संस्थाहरुमा आबद्ध रहेर पनि उनले  काम गरेका छन्। 

५० वर्ष लामो इतिहास बोकेको औद्योगिक घराना ‘पञ्चकन्या ग्रुप’का कार्यकारी निर्देशकसमेत रहेका श्रेष्ठ महासंघको एसोसियट तर्फबाट केन्द्रीय कार्यकारिणी सदस्य पदमा निर्वाचित भएका हुन् ।उनी महासंघका पूर्व अध्यक्ष प्रदिपकुमार श्रेष्ठका भतिज हुन् ।पञ्चकन्या ग्रुपले हाल उद्योग तथा बजारमा गरी १५ सय बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved