महासंघको वरिष्ठ उपाध्यक्ष छान्न पुनः मतदान हुँदै, सांघाईले कसलाई सघाउलान् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 12:55:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चयनका लागि दोस्रो चरणको मतदान आज अपरान्ह २ बजेबाट सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत लिलामणी पौडेलका अनुसार पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मतभार कटाउन नसकेपछि दोस्रो चरणमा दुइ उम्मेदवारबीच पुनः मतदान हुने भएको हो । 

३८ प्रतिशत मतभारसहित पहिलो भएका अन्जन श्रेष्ठ र ३२ प्रतिशत मतभारसहित दोस्रो भएका उमेशलाल श्रेष्ठबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो ।

३०.४६ प्रतिशत मतभार पाएका रामचन्द्र सांघाई भने बाहिरिएका छन् ।

अब दिउँसो हुने मतदानमा सांघाईले कसलाई सघाउँछन् भन्ने यकिन भइसकेको छैन । स्रोतका अनुसार महासंघका अध्यक्ष चन्द्र ढकाल (औपचारिक घोषणा हुन बाँकी, तर विधान अनुसार आजबाट अध्यक्ष भइसकेका)ले सांघाईसँग छलफल गर्ने तयारी गरेका छन् ।

तर, सांघाई भने उमेशलाल र अन्जन दूबै उम्मेदवारसँग एक पटक छुट्टा छुट्टै छलफलमा बस्न चाहेका छन् । सोही अनुसार अहिले १ बजेको समयमा उनले वरिष्ठका दूबै उम्मेदवारसँग कुराकानी गर्ने तयारी भएको बताइएको छ ।

No description available.

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved