काम खोजिरहेका युवाका लागि रोजगारी जुटाउन उद्योग वाणिज्य महासंघले मेला गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2023 | 06:12:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौँमा रोजगार मेला आयोजना गर्ने भएको छ । जेठ १६ र १७ गते महासंघले महासंघको सचिवालय टेकूमा रोजगार मेलाको आयोजना गर्न लागेको हो ।

रोजगार मेला श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना हुन लागेको हो । रोजगार मेलामा रोजगार सेवा केन्द्र एवं मेरो जवको प्राविधिक सहायता रहने छ ।

मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहने छ ।

कामको खोजीमा रहेका यूवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाईदिन पहल गर्ने, नयां अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना हुन लागेको हो । 

रोजगार मेलामा १०० भन्दा बढी कम्पनीहरुको सहभागिता रहने छ भने मेलामा कामको खोजीमा रहेका ५ हजार भन्दी बढी यूवाहरुलाई अवलोकन गराउने लक्ष्य राखिएको छ । 

कार्यक्रममा रोजगारी, सिप एवं जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श शेसनहरु समेत आयोजना हुने छन् । 

कामको खोजीमा रहेकाहरूले महासंघको वेभसाइटमा गई कार्यक्रममा सहभागीताका लागि रजिष्ट्रेशन गर्नुपर्नेछ । रजिष्ट्रेशन आज शुक्रबार साझसम्म चल्ने छ । रोजगार मेलामा सहभागी हुने कम्पनीहरूका लागि जेठ १० गतेसम्म रजिष्ट्रेशनको समय कायम गरिएको थियो ।

रोजगार मेला जेठ १७ गतेसम्म चल्ने छ । रोजगार मेलालाई एउटा क्यालेण्डर इभेन्टकोरूपमा हरेक साल आयोजना गर्ने कार्यक्रम महासंघको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved