घरभाडा घटाउन चितवनका व्यवसायीको माग, नघटाए ताला चाबी बुझाउने चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2023 | 12:40:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनद्वारा व्यवसायमा देखिएको आर्थिक मन्दी र सोबाट उत्पन्न घरभाडा समस्या सम्बन्धमा विभिन्न व्यवसायी संघहरुसङ्ग बृहत छलफल गरेको छ । मञ्चका अध्यक्ष ख्याम नारायण पराजुलीको अध्यक्षतामा बसेको विशेष बैठकमा विभिन्न १७ वटा व्यवसायी संघहरुको उपस्थिति रहेको थियोे । 

बैठकमा उपस्थित प्रतिनिधिहरुबाट हालको अवस्थामा देखिएका व्यवसाय सम्बन्धि समस्याहरुलाई उजागर गर्दै यस विषमपरिस्थितिमा व्यवसायीहरुलाई टिकाउन र घरधनीका घरहरु खाली नहुनका लागि घरधनी लगायत सम्बन्धित संघसंस्थाहरुको बिशेष पहल रहनुपर्ने  बताए ।

मञ्चका अध्यक्ष पराजुलीले वर्तमान अवस्था र यसबाट सृजित समस्या समाधानका लागि मञ्चको तर्फबाट विभिन्न सार्वजनिक लेख ,बिज्ञप्ति र ज्ञापन पत्र मार्फत सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण  गरिएको तर उचित निकास नआएकोले तार्किक निस्कर्समा पुग्न सम्पूर्ण व्यवसायी संघहरुसङ्गको धारणा बुझी अगाडि बढ्न बैठक आयोजना गरिएको बताए । 

चितवन जिल्ला अन्तर्गतका बढी जनघनत्व रहेका पालिकाहरुका ८०% देखि ९० % व्यवसायीहरु घर भाडामा लिइ व्यवसाय सञ्चालन गरेको र उक्त व्यवसायीहरु मध्येका झन्डै ८५ % व्यवसायीहरुले आफ्नो व्यवसायबाट घरभाडा तिर्न नसकेको बताउदै यसलाई गम्भीर रूपमा लिन सबै पक्षलाई अनुरोध गरे ।

वजारका धेरै सटर तथा भवनहरु खाली हुदै गएको र भएका अधिकांस व्यवसायीहरुले घरभाडा लगायतका खर्चहरु धान्न नसक्ने अवस्था रहेकोले बिक्रिका लागि बोर्ड तथा ब्यानर समेत लगाएका छ्न भने घरधनीहरुले खाली भवनमा भाडामा ( To- let) भनी ब्यानर पोस्टर टासेको अवस्था छ ।  व्यवसाय नै बन्द रहेको खण्डमा घरधनीहरुले प्राप्त गर्ने भाडा, राज्यले प्राप्त गर्ने  ब्यवसाय कर ,बहाल कर,र रोजगार समेत गुम्ने अवस्थामा घरधनी ,राज्य व्यवसायी संघहरुबाट यथोचित सम्बोधन हुनुपर्ने बताए । 

व्यवसायी संघहरुबाट हालको अवस्थामा दिदै आएको भाडादरमा ३०% देखि ४० % घर भाडा घटाउनुपर्ने अनुरोध सहित छाता सङ्गठन उद्योग बाणिज्य संघ लगायत ,महासङ्ग सम्म ज्ञापन पत्र बुझाएको तर उचित पहल हुन नसकेको गुनासो गरे । 

केही घर धनीहरुले आफुले भने अनुसार भाडा नपाएमा,व्यवसायीक समस्या राखेमा घर खाली गर भन्ने सम्मको धम्की दिने गरेको ,सम्झौता पत्र नबनाएको,घरबहाल कर व्यवसायीलाई नै तिर्न बाध्य पारेको जस्ता निन्दनीय कार्यहरू गरेको जानकारी भए पश्चात् ती र त्यस्ता घर धनीहरुको नाम र विवरण सहित मञ्चको कार्यालयमा निवेदन पेश  गर्न अनुरोध गर्दै त्यस्ता निवेदन उपर छलफल गरि त्यस्ता व्यबहार सच्याउन र नगर्न अपिल गर्ने यदि नसच्चिएको खण्डमा त्यस्ता घरधनीहरको विवरण सार्वजनिक गर्दै अन्यायमा परेका सदस्यहरुको पक्षमा लड्ने मञ्चका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार हेमराज पौडेलले बताए । 

घरबहाल सम्बन्धि स्पष्ट कानुन नबन्नु ,विभिन्न करको बिषयमा स्थानीय सरकारले उचित र प्रष्ट निति तथा  व्यवस्था गर्न नसक्नुले व्यवसायीले आफ्नो व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न नसकेकोले यसको विषयमा स्थानीय सरकार देखि सङ्घीय सरकार सम्म पहल गरेको बताए । हालको अवस्थामा समस्याग्रस्त व्यवसायीहरुको अनुरोधलाई यथाशीघ्र सम्बोधन  गर्न  र नभएको खण्डमा थप शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरुमा उत्रने चेतावनी  दिदै अन्तिम अवस्थामा ब्यवसाय स्थलका तालाचाबी घरधनीलाई बुझाउनुपर्ने सिवाय विकल्प नहुने सल्लाहकार शिवराज गिरिले बताए ।

आजको बिशेष बैठकबाट व्यवसायीसंघहरुका स्पष्ट धारणा आएकोले यसलाई थप छलफल गरि सम्बन्धित सबैसँग समन्वय र हातेमालो गर्दै आर्थिक  मन्दीको असरबाट व्यवसायहरु पुर्ववत अवस्थामा नफर्कने समयसम्म घरभाडा नबढाउने गरि  निश्चित प्रतिसत घरभाडा घटाउन अनुरोध गर्दै व्यवसाय टिकाउन र घरधनीहरुका घर खाली नहुने बाताबरण सृजना गर्न घरबहाल उपभोक्ता मञ्च चितवनले नेतृत्वदायी भुमिकामा रही केही दिन भित्रमा समग्र व्यवसायी संघ र सरोकारवाला सबै पक्षसङ्ग यथोचित  सम्बादबाट  एउटै धारणा सार्वजनिक गर्ने अध्यक्ष पराजुलीले बताए ।  

आजको बैठकमा फेन्सी व्यवसायी संघ , होटेल , मेशिनरी,कपडा , सिलाइ,अटोमोबाईल,विद्युत, किराना,प्लास्टिक ,अधिकृत ,कम्प्युटर , कम्युनीकेसन,फलफूल तथा तरकारी ,सुनचाँदी ,न मदिरा ,इलेक्ट्रोनिक , निर्माण ( हार्डवेयर) लगायतका व्यवसायी संघहरुको उपस्थिति रहेको थियोे ।  उपस्थित सम्पूर्णबाट आ - आफ्ना धारणा सहित  घरभाडा समस्या सम्बन्धमा घरबहाल उपभोक्ता मञ्च चितवनबाट गरिएका कदमहरु प्रती आभार प्रकट गर्दै आगामी कार्यक्रममा समेत ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गरे । बैठकमा घर बहाल उपभोक्ता मञ्चका सल्लाहकार , पदाधिकारी र कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । धन्यवाद सहित बैठकको समापन मञ्चका उपाध्यक्ष तथा व्यवसायी संघ समन्वय समिति संयोजक गणेश प्रसाद पौडेलले गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved