चेम्बरका वरिष्ठ उपाध्यक्षको सुझाव, ‘नगद ओसार–पसारमा प्रहरीको हस्तक्षेप हुनु हुँदैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2023 | 11:33:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले मौद्रिक नीतिले ब्याजदर घटाउने उपाय अवलम्बन गर्नुपर्ने बताएका छन् । उनले ब्याजदर यति नै अंकमा सिमित हुनुपर्छ भन्दा पनि न्यून ब्याजदर हुने गरी राष्ट्र बैंकले टुल्सहरु अपनाउनुपर्ने बताएका हुन् ।

व्यवस्थापन संघ नेपाल (म्यान)ले आयोजना गरेको मौद्रिक नीति पूर्वको छलफलमा चेम्बरका वरिष्ठ उपाध्यक्ष अग्रवालले मुद्धति खाता र बचत खातामा ५ प्रतिशतको फरक सीमा कायम गरिनुपर्ने माग पनि गरेका छन् । उनले बैंकहरुले आधार दर (बेस रेट)मा थप्ने प्रिमीयम सबै प्रकारका कर्जामा अधिकतम् २ प्रतिशतमा ‘लक अफ’ गरिनुपर्ने चेम्बरको पहिल्यै देखिको माग पनि स्मरण गराएका छन् ।

बैंकहरुले प्रवाह गर्ने सेवाबापत लिने शुल्कमा एक रुपता कायम गर्न पनि अग्रवालले माग गरेका छन् । बैंक तथा वित्तीय संस्थाको स्प्रेड रेट ३.५ प्रतिशतमा झार्न पनि उनले सुझाव दिएका छन् ।

उनले आर्थिक मन्दीको अवस्था रहेकाले मन्दी कायम रहुन्जेलसम्मका लागि उद्योगी व्यवसायीले सहज तरिकाले चालु पूँजी पाउने खालको व्यवस्था हुनुपर्ने माग पनि गरेका छन् । उनले विदेशी मुद्राको प्रमुख स्रोतका रुपमा रहेको रेमिट्यान्सलाई औपचारिक च्यानलबाट भित्र्याउने थप एक प्रतिशत ब्याज दिने व्यवस्था मिलाउन पनि माग गरेका छन् । 

सेयर धितो कर्जामा हाल कायम रहेको १२ करोडको सीमा हटाउन पनि अग्रवालले माग गरेका छन् । त्यस्तै, २५ लाख माथि रहेको कर्जाको जोखिम भारलाई १५० प्रतिशतबाट १ सय प्रतिशतमा झार्न पनि उनले माग गरेका छन् । 

यस्तै, घरजग्गा धितोमा काठमाडौँ उपत्यकामा ३० प्रतिशत र अन्य क्षेत्रमा ४० प्रतिशतसम्म मात्रै फाइनान्सिङ हुने व्यवस्थालाई ५० र ६० प्रतिशत हुने व्यवस्था गर्न पनि उनको माग छ ।

त्यस्तै, नगद ओसारपसारमा प्रहरीले अनावश्यक हैरानी दिने गरेको भन्दै यस्तो अवरोध हुन नहुने पनि बताएका छन् । उनले उद्यम व्यवसायको प्रकृति हेरेर आगामी आर्थिक वर्षका लागि आवश्यकता अनुसार कर्जाको पुर्नतालिकीकरणको सुविधा दिन पनि माग गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved