इन्भेष्टमेन्ट कम्पनी खोल्दै एफएनसीसीआई , देशैभरका व्यवसायीबाट पूँजी उठाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2023 | 10:08:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघले इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्ने भएको छ । महासंघले देशैभरका उद्योगी व्यवसायीमार्फत पूँजी संकलन गरी ‘बृहत लगानी कम्पनी’ खडा गर्ने भएको छ । 

बागलुङको ढोरपाटनमा बसेको महासंघको तेस्रो कार्यकारिणी समितिको बैठकले देशका ७७ वटै जिल्लाका उद्योगी व्यवसायीको सहभागीता रहने गरी बृहत लगानी कम्पनी स्थापना गर्ने निर्णय गरेको हो । महासंघका अनुसार यो कम्पनीले ठूला परियोजनामा लगानी गर्नेछ ।

‘७७ वटै जिल्लाका व्यवसायीहरूको सहभागितामा वृहत लगानी कम्पनी स्थापना गरी ठूला तथा बहुआयामिक आयोजनाहरूमा लगानी गर्ने निर्णय भएको छ’ महासंघले भनेको छ ।

तर, कति पूँजीको कम्पनी स्थापना गर्ने र त्यसको मोडालिटी कस्तो हुने भन्ने टुंगो लाग्न बाँकी रहेको बताइएको छ । अहिले ठूला परियोजनामा लगानी गर्न सक्ने र त्यस्ता परियोजनामा लगानी अभाव नहोस् भन्नका लागि बृहत कम्पनी स्थापना गर्ने निर्णय मात्रै भएको र पूँजि कति हुने भन्ने अन्तिम निर्क्योल हुन बाँकी रहेको महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले जानकारी दिए । उनका अनुसार बैठकमा महासंघका अध्यक्ष चन्द्र ढकालले देशैभरीका उद्योगी व्यवसायीको लगानी रहने गरी बृहत इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्ने प्रस्ताव गरेका थिए । अध्यक्षले गरेको प्रस्ताव कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved