धितोपत्र बोर्ड र महासंघबीच सम्झौता हुँदै, सम्झौता लगत्तै अन्तरक्रिया कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2023 | 04:30:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच बिहिबार दुईपक्षीय सम्झौता हुने भएको छ । देशभर लगानीकर्ता शिक्षा र सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा बिहिबार सम्झौता हुन लागेको हो।

सम्झौता कार्यक्रम महासंघक टेकु स्थित कार्यालयमा हुने छ। सम्झौता लगत्तै पहिलो कार्यक्रम अन्तरगत लगानी तथा जोखिम व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम समेत हुने छ।

महासंघका उपाध्यक्ष तथा धितोपत्र बोर्डका संचालक समिति सदस्य सुरकृष्ण बैद्यले यस अघि नै धितोपत्र बोर्ड र महासंघ मिलेर देशभर  लगानीकर्ता शिक्षा र सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने बारे छिट्टै सम्झौता हुने बताएका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved