ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्य निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2023 | 12:15:24 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्य निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा ६४६ मत प्राप्त गर्दै बज्राचार्य विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी रूपकमान महर्जनले ५४२ मत पाए भने अध्यक्षका अर्का प्रतिस्पर्धी रविन्द्रराज ताम्राकारले २२८ मत पाए । 

संघको वरिष्ठ उपाध्यक्षमा सुशन महर्जन, उद्योग उपाध्यक्षमा आपुलाल अवाले, वाणिज्य उपाध्यक्षमा सुनिल शाक्य र संस्थागत उपाध्यक्षमा रमेशसिंह महर्जन निर्वाचित भएका छन् । 

महासचिवमा भूमिनन्द कर्माचार्य निर्वाचित हुँदा कोषाध्यक्षमा राजु महर्जन निर्वाचित भएका छन् । संघमा १५ जना सदस्य निर्वाचित भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved