घरजग्गा व्यवसायलाई उद्योगमा परिणत गर्नुपर्छः अध्यक्ष मल्ल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2023 | 10:55:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले घरजग्गा व्यवसायलाई उद्योगको रुपमा परिणत गर्नुपर्ने बताएका छन् । आइतबार जग्गा तथा आवास विकास महासंघले आयोजना गरेको वृहत भेलालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले घरजग्गा व्यवायलाई उद्योगका रुपमा परिणत गर्न यस क्षेत्रका सबै व्यवसायी एक हुनुपर्नेमा जोड दिएका हुन् । 

यस क्षेत्रलाई उद्योगमा परिणत गर्ने अभियानमा चेम्बरको पूर्णरुपमा साथ रहेको उनले बताएका हुन् । उनले भने 'यो व्यवसायलाई कुनै पनि हालतमा उद्योगको रुपमा परिणत गर्नुपर्छ । यसमा नेपाल चेम्बर अफ कमर्सको पूर्ण साथ छ ।’

रियल स्टेटले सहरीकरण गर्ने क्षेत्र भएको उल्लेख गर्दै उनले रियल स्टेट विश्वमै एउटा मान्यता प्राप्त व्यवसाय भएको बताए । नेपालमा पनि यस व्यवसायले शहरीकरणको काम गरिरहेको उनको भनाई छ । तर, रियल स्टेट तथा घरजग्ग व्यवसायलाई दलालको जस्तो व्यवहार गर्ने चलन रहेको प्रति उनले दुख व्यक्त गरे । 

यस्तै अध्यक्ष मल्लले अहिले मासिक खरबौँ रुपैयाा रेमिट्यान्स भित्रिने गरेको उल्लेख गर्दै त्यसमा रमाएर बस्न नहुँनेमा जोड दिएका छन् । अन्तरिक राजस्व घटिरहेको भन्दै उनले र वातावरण त्रसित भएकाले नीजि क्षेत्र एक हुनुपर्नेमा उनले जोड दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved