बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरि प्रसाद अर्याल निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2023 | 02:27:29 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरि प्रसाद अर्याल निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार अर्यालले ७७६ मत प्राप्त गरेर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी दिनेश श्रेष्ठले ६८९ मत प्राप्त गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा टंक प्रसाद गैरे र वाणिज्य उपाध्यक्षमा बिमलराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । उद्योग उपाध्यक्षमा भने निर्वाचनका माध्यमबाट सुरेश भट्टराई विजयी भएका छन् । 

महासचिवमा मुक्तिप्रसाद अधिकारी, सचिवमा प्रतिक पोखरेल, कोषाध्यक्षमा वसन्त ढकाल र सह–कोषाध्यक्षमा धनकुमारी खनाल चुनिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved