'प्रधानमन्त्रीज्यु, निजि क्षेत्रलाई यसरी लखेटर अर्थतन्त्र चल्छ र ?'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2023 | 10:02:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालले निजि क्षेत्रलाई लखेटर अर्थतन्त्र चलन नसक्ने बताएका छन् । आज महासंघले आयोजना गरेको 'राष्ट्रिय आर्थिक बहस, सुधारको लागे सहकार्य' विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्री प्रश्न गर्दै 'निजि क्षेत्रलाई यसरी लखेटेर अर्थतन्त्र चल्छ र ?' भन्दै प्रश्न गरेका हुन् ।

अध्यक्ष ढकालले सरकारले निजि क्षेत्रलाई लखेटेको भन्दै बुँदागत रुपमा समस्या राखेका थिए । बाल्दै नबालेको बातिको पैसा प्राधिकरणले तिर्न ताकेता गरेको , नेपाल राष्ट्र बैंकले शेयर बजार घट्ने नीति लिएको, राष्ट्र बैंकले एउटा पार्टनर खराब भए सबै पार्टनरलाई समस्या पर्ने नीति लिएको, अख्तियारले निजि क्षेत्रलाई पनि हेर्ने प्रयास थालेको, राष्ट्र बैंकले चालु पुँजीकर्जा मार्फत कडाई गरेको , लगायतका विषय उठान गरेका थिए ।

अध्यक्ष ढकालले एउटा पारदर्शी र निजि क्षेत्र मैत्री प्रणाली आवश्यक रहेको बताए । उनले २०४८ सालमा लिइएको आर्थिक नीतिले काम नगर्ने भन्दै नयाँ आर्थिक सुधार तत्काल थाल्नु पर्ने उनले उल्लेख गरे । उनले तत्काल एउटा प्रधानमन्त्रीको अध्यक्षतामा आर्थिक सुधार आयोग वा त्यस्तै प्रकृतिको केहि आयोग बनाउन माग गरे ।

डेढ वर्षदेखि मन्दी रहेको र बजेटबाट आशा गरिएकोमा केही विषय समेटिए पनि मन्दीलाई सम्बोधन गर्ने कुनै कार्यक्रम नआएको गुनासो उनले गरे । त्यसपछि मौद्रिक नीतिमा आशा रहेको भए पनि सुनुवाई नभएको उनले गुनासो गरे । लगानी, उत्पादन र रोजगारीको मुख्य क्षेत्र निजी क्षेत्र मौद्रिक नीतिबाट पनि निराश भएको उनको भनाई छ।

विदेशी लगानी नआउनुमा सरकारी ढिलासुस्ती नै मुख्य कारण रहेको उनको भनाई थियो । उनले प्रश्न गर्दै भने 'निजी क्षेत्र भनेको घरजग्गा, सेयर मात्रै हो भनेर लेख्ने बोल्ने गरेको सुनिन्छ, के निजी क्षेत्र नचाहिने हो ? '

सानो विदेशी ऋणले देशको अर्थतन्त्र बन्धक बन्ने अवस्था आएको हो भने त्यो पैसा फिर्ता गरिदिन पनि उनले आग्रह गरेअका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved