नेपाल चेम्बर अफ कमर्सद्वारा जाजरकोट भूकम्पपीडितको लागि सहयोग घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2023 | 02:00:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सले जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई आवश्यक खाद्यन्ह, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याट्रेस सहयोग गर्ने भएको छ । चेम्बरको विपद् व्यवस्थापन कोष अन्र्तगत भूकम्प प्रभावितलाई अत्यावश्यक सामाग्री सहयोग गर्न लागिएको अध्यक्ष राजेन्द्र मल्लले बताए ।

चेम्बरले आवश्यक सम्पुर्ण सामाग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्स मार्फत सरकारको एकद्धारा प्रणालीमा सहयोग गर्नेछ । भूकम्पबाट अति प्रभावित जाजरकोट, रुकुम पश्चिम, लगायतका जिल्लाका पीडितलाई खाद्यन्ह, त्रिपाल, लत्ताकपडा लगायत सिरक डसना र म्याटे«स बितरण गर्ने चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारी संयन्त्रसंग समन्वय गरेर नै सहयोग सामाग्री बितरण गरिने अध्यक्ष मल्लको भनाई छ । जाजरकोटमा गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परि मृत्यु भएकाप्रति चेम्बरले गहिरो समवेदान प्रकट गरेको छ । 

चेम्बरले जाजरकोट लगायतका आसपासका जिल्लामा भूकम्प पीडितको पुर्नस्थापनका लागि आवश्यक सहयोग संकलन जुटाउन समेत प्रदेश, जिल्ला र नगर चेम्बरलाई आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved