ठेकेदारको पैसा दिने काम आजै सुरु हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 03:44:20 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्माण व्यवसायीहरूले सरकारबाट पाउनुपर्ने पैसा नपाएको भनिरहेका बेला सरकारले भुक्तानीका लागि आजैबाट प्रक्रिया सुरु गर्ने भएको छ । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्ष भएको छलफलपछि निर्माण व्यवसायीहरूलाई उनीहरुले पाउन बाँकी रकम तत्काल भूक्तानी दिने प्रक्रिया अघि बढाउने निर्णय भएको हो । 

अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव बैकुण्ठ अर्याल, अर्थसचिव डा. कृष्णहरि पुष्कर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल सहितको छलफलपछि तत्काल भूक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीले पाउन बाँकी गत आर्थिक वर्षको १ अर्ब ७१ करोड र चालु आर्थिक वर्षको हालसम्मको ६ अर्ब ३० करोड रूपैयाँ गरि ८ अर्ब १ करोड तत्काल निकासा दिन अर्थ मन्त्रालयलाई निर्देशन दिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved