रजत जयन्ती मनाउँदै डेरी एसोसिएसन, विद्यालय तथा अस्पतालमा दुध वितरण गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2024 | 07:02:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल डेरी एसोसिएसनले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउने भएको छ । एसोसिएसनले आज पत्रकार सम्मेलन गर्दै आगामी माघ ७ गते रजत जयन्ती तथा संस्थाको वार्षिक साधारणसभा गर्ने जानकारी दिएको हो ।

एसोसिएसन यस अवसरमा देशैभरि नै ५ दिनसम्म विविध कार्यक्रम गर्ने जनाएको छ । त्यस अवसरमा एसोसिएसनले बाल आश्रम, जेस्ठ नागरिक आश्रम, विद्यालय, अस्पतालहरुमा दुध तथा दुग्धजन्य पदार्थ वितरण गर्ने भएको छ ।

  पत्रकार सम्मेलन गर्दै एसोसिएसनले स्थापनाकाल देखि हाल सम्म गरेको  महत्वपूर्ण र मुख्य उपलब्धिहरु पनि सार्वजनिक गरेको छ । एसोसिएसनका अध्यक्ष अध्यक्ष प्रल्हाद दाहालले नेपाल डेरी एसोसिएसनका भावी योजनाहरु पनि सार्वजनिक गरेका छन् ।

उनले एसोसिएसनको आफ्नो स्थायी भवन नभएकोले आफ्नै भवन बनाउने, एसोसिएसनले सदस्यहरुको हितका लागि स्थापना गरिएको राहत कोषमा रकम बढाउने, बटर स्टोर गर्न समस्या भई सबै सदस्यहरुले दुःख भोग्नु परेकोले एसोसिएसनले नै संचालन गर्ने गरि सामुहिक कोल्ड स्टोर स्थापना गरिने, नेपालको डेरी स्तरउन्नति गर्न एसोसिएसनका सदस्यहरुलाई स्वदेश तथा विदेशमा डेरी फार्म र मेला अवलोकन गराउन लागिपर्ने, अर्को वर्षदेखि एसोसिएसनको तर्फबाट देशमा विभिन्न माध्यमबाट देशमा सेवा पुर्याउने व्यक्ति, संघसंस्थालाई दिन विविध विधामा राष्ट्रिय पुरस्करको स्थापना गरिने,  दुध तथा दुग्ध पदार्थको स्वच्छता सम्बन्धि निर्देशिका पालना गर्न लागिपर्ने लगायतका योजनाले उनले अघि सारेका छन् ।

नेपाल डेरी एसोसिएशन २०५५ सालमा स्थापना भइ निरन्तर दुग्ध क्षेत्रमा काम गरिरहेको दुग्ध व्यवसायी साना, ठूला, मझौला र घरेलु डेरीहरुको छाता संगठन हो । यो संस्था २०५५ साल माघ ७ गते जिल्ला प्रशाशन कार्यालय काठमाडौँमा दर्ता नं. ५६३-०५५-५६ विधिवत दर्ता भई संचालनमा रहेको छ । यस संस्थामा देशभरिबाट २७५ सदस्यहरु रहेका छन्। हाल एसोसिएसन साथ प्रदेश र १५ जिल्लामा आफ्नो संगठन विस्तार गर्दै काम गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved