व्यवसायीलाई शंका कै भरमा पक्राउ गर्नु गलत, मान मर्दन गरियो: परिसंघ अध्यक्ष अग्रवाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2024 | 06:17:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले व्यवसायीलाई शंका कै भरमा पक्राउ गर्नु गलत भएको बताएका छन् । उद्योगपति अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेपछि निजी क्षेत्रका विभिन्न संस्थाले गरेको पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष अग्रवालले  व्यवसायीलाई शंका कै भरमा पक्राउ गर्नु न्यायसंगत नहुने बताएका हुन्

उद्योगपति चौधरी देशबाहिर भागेर जाने अवस्था समेत नरहेको अवस्थामा हठात पक्राउ गर्नु गलत रहेको उनले उल्लेख गरे  । बोलाएर सोधपुछ गर्न सकिने अवस्थामा बिना कुनै सूचना पक्राउ गरिएकोले प्रक्रिया मै आपत्ति रहेको उनले बताए । 

यसले एक प्रतिष्ठित व्यवसायीको मान मर्दन भएको उनले उल्लेख गरे । उनले सूचना दिएर बोलाएर सोधपुछ पछि दोषी देखिए मात्र पक्राउ गर्नु पर्नेमा आफ्नो कुरा राख्ने अवासर नै नदिई सिधै प्रकाउ गर्नु गलत रहेको उनले उल्लेख गरे। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved