आज बुधबार बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ११.९४ अंकले बढेर १५६६.५० को उचाईमापुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६४ कम्पनीका शेयर खरिद बिक्रिबाट ८३ करोड ४३ लाख ४ सय ६६ रुपियाँको कारोबार भएको छ ।
आज नेपाल इन्भेस्टमेन्ट बैंकको सबै भन्दा धेरै ७ करोडको कारोबार भएको छ । बैंकले आज ४० प्रतिशत बोनस घोषणा गरेपनि बैंक आफैले गल्ति गर्दा धेरै लगानीकर्ता मारमा परेका छन् । पहिला बैंकले २५ प्रतिशत बोनस शेयर दिने बताए पनि पछि त्यो गल्ति भएको भन्दै १५ प्रतिशत मात्र बोनस शेयर दिने बताएको थियो । यहि गलत सूचनाका कारण ७ सय ४३ मा कारोबार खुलेको यस कम्पनीको शेयर मूल्य ८ सय ५ सम्म पुगेको थियो । जुन ६२ रुपियाँसम्मले बढी हो ।
आज अन्य बढी कारोबार हुने कम्पनीहरुमा गुराँस लाइफ इन्स्योरेन्स संस्थापक शेयर, नेपाल लाइफ इन्स्योरेन्स , नबिल बैंक, छिमेक लघुवित्त लगायत रहेका छन् ।
आज महिला सहयात्रा लघुवित्त र आरएसडिसी लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने सिद्दार्थ ओरियन्टेड स्किमका लगानीकर्ताले धेरै गुमाएका छन् ।
यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु :
यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु :