साताको चौथो दिन आज बुधबार पनि बजार ओरालो लागेको छ । आज बुधबार बजार परिसूचक नेप्से ९ अंकले घटेर १४९३.२० को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १६० कम्पनीको शेयर खरिद बिक्रिबाट ६३ करोड ६९ लाख ८९ हजार ७१ रुपियाँको कारोबार भएको छ ।
आज नेपाल इन्भेस्टमेन्ट बैंकको सबै भन्दा धेरै ३ करोड ३१ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा जनता बैंक, नेपाल लाइफ इन्स्योरेन्स, कामना सेवा विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
आज कारोबारमा आएका समूहगत सूचक मध्ये बैंकिंग , विकास बैंक, उत्पादन र अन्य बाहेकका सबै सूचक बढेका छन् ।
आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।
यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरू।
यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु।