साताको दोस्रो दिन आज सोमबार बजार परिसूचक नेप्से घटेको छ ।आज नेप्से सूचक ४.२४ अंकले घटेर १५४३.७० को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १६१ कम्पनीका १० लाख ३५ हजार ७ सय ९ कित्ता शेयर खरिद बिक्रिबाट ४६ करोड ९३ लाख ७४ हजार ९ सय ४६ रुपियाँको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै एभरेस्ट बैंकको २ करोड ७७ लाखको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स, फरवार्ड माइक्रोफाइनान्स, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायत रहेका छन् ।
आज कारोबारमा आएका समूहगत सूचक मध्ये ट्रेडिङ, हाइड्रोपावर र उत्पादन समूह बाहेकका सबै समूहगत सूचक घटेका छन् । आज बिशाल बजार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने बरुण हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाएका छन् ।
यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु :
यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु :