लगानीकर्ताको मनोबल गिराउन प्यान नम्बरको प्रयोग गरियो: शेयर लगानीकर्ता संघ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 19, 2017 | 04:48:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयर लगानीकर्ता संघले पुंजीबजारमा प्यान नम्बर (स्थाई लेखा नम्बर) लाई प्रयोग गरी लगानीकर्ताको मनोबल गिराउने काम भएको भन्दै यस्तो कार्यप्रति गंभीर ध्यानाकर्षण भएको जनाएको छ। 

संघले आज एक बिज्ञप्ती जारी गरेर नै धितोपत्र बोर्डले अहिले नै सेयर कारोबार गर्नका लागि प्यान नम्बरको प्रयोग अनिवार्य गरि नसकेको जानकारी दिएको छ। सम्बन्धित निकायसंग पर्याप्त छलफल पश्चात मात्रै पुंजीबजारमा प्यानको अनिवार्यताबारे निचोडमा पुग्ने जानकारी धितोपत्र बोर्डबाट प्राप्त भएको संघले जनाएको छ। 

'नेपाल सरकारले प्यान लगाउन आवश्यक पूर्वाधार तयार गर्नुपर्ने लगायतका बिषयहरु विचाराधीन भएको साथै छलफलमा नै रहेकाले यस्ता गम्भीर बिषयहरु बिना छलफल कार्यन्वयनमा नल्याइने प्रतिबद्दता धितोपत्र बोर्डबाट यस संघलाई प्राप्त भएको व्यहोरा सम्पूर्ण सरोकारवाला पक्षहरुमा जानकारी गराउंछौं' बोर्डद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved