कैलाश विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज ६ गते बसेको संचालक समतिको बैठकले आथिक बर्ष ७३/७४ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ९.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट बैंकले अनुमति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । हाल बैंकको चुक्ता पुंजी २ अर्ब २९ करोड १४ लाख ८७ हजार २ सय रहेकमा प्रस्तावित १० प्रतिशत बोनसपछि बैंकको चुक्ता पुंजी २ अर्ब ५२ करोड नाघ्ने छ । बैंकले गत आर्थिक बर्ष ५० करोड २६ लाख खुद मुनाफा आर्जन गरेको थियो।