सिन्धु बिकास बैंकले हकप्रद भर्ने म्याद थप गरेको छ । बैंकले भदौ १८ देखि १० बराबर ८ कित्ता सेयर अर्थात ८० प्रतिशतका दरले हकप्रद बिक्री गरिरहेको छ। बैंकले यस अघि असोज २२ गतेसम्म हकप्रद भर्न सकिने बताएकोमा अब लगानीकर्ताले कार्तिक ५ गतेसम्म हकप्रद भर्न सक्ने छन् । विजया दशमीको लामो विदाका कारण लगानीकर्तालाई हकप्रद भर्न अप्ठेरो भएको भन्दै समय थप गरिएको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्सले जनाएको छ ।
बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लाजिम्पाट, काठमाडौं तथा सिन्धु विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरु र नेपाल इन्भेस्टबैंकको चिप्लेढुंगा पोखरा, बिराटनगर, बिरगंज, नारायणगढ , बुटवल, नेपालगंज र धनगढी शाखाबाट आबेदन फारम प्राप्त गरी हकप्रद भर्न सक्नेछन।
बैंकले प्रति कित्ता एक सय रुपैयाँका दरले २० करोड ९७ लाख रुपैयाँ बराबरको २० लाख ९७ हजार ५ सय ४० कित्ता हकप्रद बिक्री गरिरहेको हो। हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्तापछि ४७ करोड १९ लाख पुग्ने छ ।
सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंकले गत आर्थिक बर्ष करिब ६ करोड मुनाफा आर्जन गरेको छ । बैंकले १ अर्ब ९० करोड ५७ लाख भन्दा बढी निक्षेप संकलन गरी करिब १ अर्ब ४२ करोड ४१ लाख भन्दा बढी कर्जा लगानी गरेको छ । बैंकले ६० हजार भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
बैंकले आर्थिक बर्ष ७२/७३ को कमाईबाट १६.८ प्रतिशत बोनस दिएको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार १ देखि ३ जिल्ले विकास बैंकले चालु आर्थिक बर्षको अन्त्यसम्ममा ५० करोड चुक्ता पुंजी पुर्याउनु पर्ने हुन्छ । हकप्रद निष्काशनपछि अब सिन्धुले आफ्नो चुक्ता पुंजी ६ प्रतिशतले बढाउनु पर्ने हुन्छ ।