ओम डेभलपमेन्ट बैंकले आज देखि हकप्रद निष्काशन गर्ने भएको छ। बैंकले आज अर्थात असोज २३ गतेदेखि कात्तिक २६ गतेसम्म १० बराबर ३ कित्ता सेयर अर्थात ३० प्रतिशतका दरले हकप्रद निष्काशन गर्न लागेको हो।
बैंकले ४९ करोड ३१ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो । ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक हालै मर्ज भएका हुन् ।
बैंकले ३० प्रतिशत हकप्रद प्रयोजनार्थ भदौ ३० गते बुक क्लोज गर्ने निर्णय गरेकाले भदौ २९ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन।
भदौ २९ सम्म कायम शेयरधनीले कार्तिक २६ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।हकप्रद निष्काशनको लागि एनआईबिएल क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक रहेको छ ।
शेयरधनीले एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाट, ओम डेभलपमेन्ट बैंकको सम्पूर्ण शाखाहरु र नेपाल इन्भेस्टमेन्ट बैंकको बिराटनगर, बिरगंज, नेपालगंज, इटहरी तथा धनगढी शाखाबाट आवेदन दिन सक्ने छन् ।
गोरखाको बसपार्कमा प्रधान कार्यालय रहेको मनास्लु विकास बैङ्क र कास्कीको पोखरामा प्रधान कार्यालय रहेको ओम विकास बैङ्क बिचको मर्जर पश्चात चुक्ता पुंजी १ अर्ब ६४ करोड पुगेको छ। ओमले गत आर्थिक बर्ष ४३ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
त्यस्तै ३० प्रतिशत हकप्रद बिक्रि वितरण पश्चात ओम विकासको चुक्ता पुंजी २ अर्ब १३ करोड पुग्ने छ। बाँकी अपुग पुंजी बैंकको बोनस सेयर वितरण मार्फत जुटाउनेछ।