नेपाल धितोपत्र बोर्डले सानिमा क्यापिटललाई १ अर्ब २० करोड बराबरको 'सानिमा इक्विटी फण्ड' निष्काशनको लागि अनुमति दिएको छ ।
यस सामुहिक लगानी कोष योजना अन्तर्गत अब क्यापिटलले १० रुपियाँ अंकित १२ करोड इकाई निष्काशन गर्ने छ ।
हाल नेप्सेमा ११ सामुहिक लगानी कोष छन् । हालै मात्र निष्काशन भएको सिद्दार्थ इक्विटी फण्ड नेप्सेमा सुचिकृत हुन् बाँकी छ । त्यस्तै ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ भने अनुमतिको पर्खाईमा छ। ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ले पनि १ अर्ब २० करोडको बराबरको फण्ड निष्काशनको लागि अनुमती माग गरेको हो ।