नेपाल स्टक एक्सचेन्चको भवनमा आगलागी हुँदा डाउन भएको सर्भर सुचारु भई नेप्सेमा शेयर कारोबार सुरु भएको छ। गएराति नेप्से भवनमा आगलागी हुँदा नेप्सेको सर्भर, सिस्टम लगायत अन्य प्राविधिक पक्षमा सामान्य असर परेकाले नियमित कारोबार समय भन्दा दुई घण्टा ढिलो सुचारु गरिएको जनाइएको छ।
दुई घण्टा ढिलोगरी सुचारु गरिएको शेयर कारोबार सोहि अनुसार कारोबार समय थप गरीएको नेप्सेद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ। नेप्से संचालक समितिले यस घटनाको छानविन गर्नका लागि एक समिति समेत गठन गरेको जनाएको छ।
गएराति ९ः३० बजे नेप्सेको घरायसी नामसारी शाखाको स्टोरमा अचानक विद्युत सर्ट सर्किट हुन गई सुरु भएको आगो दमकल तथा सुरक्षा निकायको सहयोगमा ९ः४५ बजेतिर नियन्त्रणमा लिइएको थियो
उक्त आगलागीबाट एउटा शाखामा रहेका एयरकन्डिसन, फर्निचर, टेबल, मेच, कम्प्युटरसहित कोठामा रहेका सम्पूर्ण सामान पूर्ण रुपमा क्षति पुगेको छ ।
दमकल, सुरक्षा निकाय, कर्मचारीलगायतको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हुँदा नेप्सेको सर्भर, सिस्टम लगायत अन्य प्राविधिक पक्षमा सामान्य असर परेको कारणले नियमित समय भन्दा २ घण्टा ढिलो गरि सेयर कारोबार सुरु भएको हो।