गण्डकी बिकास बैंकको हकप्रद बिक्रि खुला गरिएको छ। बैंकले प्रति कित्ता १०० रुपैयाँका दरले १०० बराबर २५ कित्ता अर्थात २५ प्रतिशतका दरले हकप्रद बिक्रि खुला गरेको हो।
बैंकले अब ४६ करोड ९ लाख रुपैयाँ बराबरको ४६ लाख ९ हजार ८ सय १५ दशमलव ५० कित्ता हकप्रद बिक्रि गर्ने छ । बैंकले बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
हकप्रद निष्काशन प्रयोजनार्थ बैंकले मङ्सिर १५ गते बुक क्लोज मिति तय गरेको छ। मङ्सिर १४ गते सम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् । लगानीकर्ताले पुस ७ गतेदेखि माघ ११ गते सम्म हकप्रद भर्न सकने छन् ।
शेयरधनीहरुले विक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादी, गण्डकी विकास बैंकका सम्पूर्ण शाखा कार्यालय, प्रभु बैंकका विराटनगर, विरगन्ज, नेपालगंज, सुर्खेत र तुलसीपुर शाखा र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन ।
२५ प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब ३० करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी १ अर्ब ८४ करोड छ। फेवा र गण्डकी मिलेर बनेको गण्डकी विकास बैंकले गत आर्थिक बर्ष ५४ करोड ६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउनु पर्नेछ।